जिल्ला कृषि विकास कार्यालय गुल्मी

जिल्लाको परिचयात्मक जानकारी
 
  जिल्लाको नामाकरणः
 
    नेपालको इतिहासमा महत्वपूर्ण भूमिका राख्ने गुल्मी जिल्ला पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलको उत्तरी सिमानामा अवस्थित मध्य पहाडी जिल्ला हो । सैनिक छाउनी वा पल्टन भएको ठाउँलाई गुल्म भनिने शब्दबाट यस जिल्लाको नामाकरण भएको मानिन्छ । लिच्छवीकाल र मध्यकालमा सामरिक महत्वका हिसाबले सैनिक छाउनी रहेको, गण्डकी नदीे छेउको छाउनी भएकोले गढिगुल्म भन्ने गरीएको र चारपाला भनिने ठाउँलाई गुल्मीकोट भनिने आधारमा यस जिल्लाको नामाकरण गुल्मी रहन गएको हो भन्ने पाईन्छ ।
 
  राजनैतिक तथा भौगोलिक अवस्थितिः
 
    नेपालको मानचित्रमा योे जिल्ला २७ड्ढ५५’ उत्तरी अक्षांस देखि २८ड्ढ२७’ सम्म र ८३ड्ढ१०’ पुर्वी देशान्तर देखि ८३ड्ढ३५’ सम्म फैलिएको छ । यस जिल्लाका भू–भागहरु समूद्र सतहबाट करिव ४६५ मिटर (रिडी) देखि २६९०(थाप्लेको लेक) मिटरसम्मको उचाईमा अवस्थित छन् । जिल्लाको पूर्वमा स्याङ्जा र पर्वत, पश्चिममा प्यूठान,उत्तरमा बाग्लुङ्ग र दक्षिणमा पाल्पा र अर्घाखाँची जिल्ला पर्दछन् ।
See More...

सुचना तथा समाचार